|
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||
![]()
बाबुराम आउ देश बचाउ (बाबुराम भट्टराई लाई प्रधानमन्त्री बनाउ अभियान)11th May, 2010
बाबुराम भट्टराई लाई किन प्रधानमन्त्री बनाउने ?
गोर्खको खोप्लाङ्ग जस्तो विगट ठाँउबाट सन १९७० मा एक जना गाँउले केटाले एस.एल.सि. मा बोर्डफस्ट ल्याउन सफल भएको ।
अमृत साईन्स कलेजको बिज्ञान विषयको प्रविनता प्रमाण पत्र तहको दुबै राष्ट्रिय परिक्षामा लगातार प्रथम हुने सम्भवतः पहिलो ब्यक्ति भएकोले । बाहुन क्षेत्री भएर पनि हिसिला यामीसंंग अन्तरजातिय विबाह गरि जातभात जस्तो रुढिबढि परम्परा कुरा गर्ने हरुको लागी सही उदाहरण पेस गरेकोले । १२ बुंदे सम्झौताको लागी बाबुराम भट्टराईको महत्वपुर्ण भुमिका भएकोले । नेपाली जनताले २०६२÷६३ को जनआन्दोलको मुख्य योजनाकार पनि बाबु राम भट्टराई लाई नै मान्निछ । बृहत शान्ति सम्झौताका मुख्य वार्ताकार भएकोले । ईतिहासको पहिलो सविंधानसभाको चुनावमा गोर्खाको २ नम्बर निर्वाचन क्षेत्रबाट देशकै सवै भन्द बढि ८२५ मत ल्याएर विजय हुन सफल भएकोले । ९ महिने माओवादी सरकारको कार्यकलमा इतिहासमा नै सवै भन्दा बढि राजस्व सकंलन गर्न सफल प्रथम भएको अर्थमन्त्री भएकोले । सविंधान सभामा गयाल भएको दिनहरुको भत्ता भिर्ता गर्ने एक मात्र सभासद भएकोले । भष्टचारमा कतै नाम नाम नमुछिएको ब्यक्ति भएकोले । कहिल्यै राजनितीको बारेमा नबोल्ने नायक राजेश हमालले समेत बाबुराम भट्टराई ज्यू तपाई आगाडि आएर देशलाई समाहल्नुस हामी तपाई तपाई लाई साथ दिन तयार भनेर भनेको एक मात्र व्यक्ति भएकोले । देश विदेशमा समेत राम्रो पहिचान र आन्तराष्ट्रिय समुदायले पनि विस्वास गर्ने ब्यक्ति भएकोले । अदभुत बौद्धिक क्षमता भएको ब्यक्ति भएकोले । बाँकी तपाई हरुले थप्दै जानुहोस ।
BIOGRAPHY OF बाबु राम भट्टराईबाबुराम भट्टराई गोर्खा जिल्लाको बेलबास, खोप्लाङ गाविसमा निम्न-मध्यमवर्गीय किसान परिवारमा बाबु भोजप्रसाद भट्टराई र आमा धर्मकुमारी भट्टराईको कोखबाट जुन १८, १९५४ मा जन्मिनुभएका बाबुराम भट्टराई अहिले संघीय गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री बन्नुभएको थियो । । उहाँ बाबुआमाका दोस्रा सन्तान हुनुहुन्छ । उहाँका एक दिदी, एक भाई र एक बहिनी छन् ।
उहाँले औपचारिक शिक्षा सन् १९६३ मा अमर ज्योति हाइस्कुलबाट शुरु गर्नुभयो । लुईंटेल गाउँमा रहेको यो स्कुल जान बेलबास गाउँबाट दुई घन्टा हिँड्नुपर्छ । यो विद्यालय युनाइटेड मिसन टु नेपाल संस्थाले खोलेको थियो । बाबुराम शुरुमा नै तीन कक्षामा भर्ना हुनुभयो । भर्ना भएदेखि नै उहाँ पढाइमा तीक्ष्ण देखिनुभयो । स्कुले जीवनभर उहाँ सधै प्रथम मात्रै हुनुभयो । कसैले सपनामा सोच्न गाह्रो भए पनि उहाँ सन् १९७० मा एसएलसीमा बोर्डफस्ट हुनुभयो र एकजना गाउँले केटो बोर्डफस्ट भएको कारणले उहाँ पत्रपत्रिकामा छाउनुभयो । गाउँको स्कुलबाट पढेर यत्रो सफलता हासिल गर्नेमा उहाँ नै पहिलो व्यक्ति हुनुभयो । विस्तृत बाँकी... यहँ क्लिक गर्नूहोस । JOIN BABURAM FACEBOOK GROUP : नयाँ बर्ष २०६७ [NEW YEAR 2067]13th April, 2010
नयाँ बर्ष २०६७ सालको पावन अवसरमा देश विदेशमा रहेका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा तपाईंहरुले चालेका आटेका, चाहेका हरेक मनका इछाआकछा पुराहोस्, देशमा शान्ति छाओस,देश ले नयां सविंधान पाओस, नेता भनाउदा हरुको सदवुद्धि आओस, समस्त नेपालीहरुले शान्ति सगं बाच्न पाओस, समस्त नेपालीहरुको नयां बर्ष मगंलमय होस भन्दै सम्पुर्ण नेपाली दाजु भाई दिदि बहिनी लगायत बिदेशी मित्रहरु लाई पनि नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना !
श्रद्धाञ्जली गिरीजाबाबु लाई20th March, 2010
१९८१ असार १८ गते बिहारको दिपनगरमा जन्मिएका पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला स्व. बि.पी कोइराला र मातृका प्रसाद कोइरालाका भाई हुन । २००७ साल, २०१७ साल, २०४६ साल र २०६२÷६३ का आन्दोलनमा उनी प्रत्यक्ष संलग्न थिए भने, २०४६ सालको जनआन्दोलन पछि प्रथम जन निर्वाचित प्रधानमन्त्री भएका थिए । २०६२÷६३ सालको जनआन्दोलको कमाण्डर कोईराला ले जनआन्दोलन पछि राष्ट्र प्रमुखको जिम्मेवार सम्हाली अन्तरिम संविधान जारी गर्दै सविंधानसभाको चुनाव गराए । सविंधानसभा बाट नै राजतन्त्रको अन्त्य गर्दै
गणतन्त्रको स्थापन गरी नेपाल लाई गणतन्त्र नेपाल बनाएका थिए।
थुप्रै काण्डाहरु लउडा, धमिज, पार्टी फुटाउने आदी ईत्यादी आरोप हरु लागेका गिरिजा प्रसाद कोईराला लगातार तीन पटक नेपाली कांग्रेसको सभापति र पाँचपटक नेपालको प्रधानमन्त्री भएर ८६ बषको उमेरमा २०६६ चैत्र ७ गते मृत्यु भयो । नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापनमा अमुल्य योगदान पु¥याउनु भएका स्व. गिरीजा प्रसाद कोइराला लाई हार्दीक श्रदाञ्जली अर्पण गर्दै । स्वर्गीय आत्माको चिर शान्तीको कामना गर्दछु । HAPPY -HOLI27th2010Wish you all Very-Very Happy and Prosperous HOLI. May your Life fill with this Holi colours and bright your future..
Enjoy and have full fun of holi…………I am gone miss this rockin festival ...and Missing mah those oldie rocking HOLI days. BUT......अहिले पनि मैले यहाँ ९–१० ओटा लोला रेडी परेर राखेको छु, तेही लोला एक दुई जनालाई हनेर होली मनाउनु पर्ल । he he heeven though thats sounds so funny but its rock and I really love it........ होली खेल्नलाई यहँ क्लिक गर्नूहोस ।
Honda Hornet Bike In Kathmandu-Nepal17th January, 2010होन्डाको नयाँ बाईक होन्डा हर्नेटको बिक्री अब नेपालमा पनि स्याकार कम्पनीले गर्ने भएको छ । ईटालियन मोडल होन्डा हर्नेट ६०० सिसि को बाईक लाई नेपाली मुल्य १४ लाख रुपैया पर्नेछ ।
प्रतिघन्टा २५ देखि ३० किलोमिटर माईलेज दिने हर्नेटमा चाबीमा कमप्यटुर चिप प्रयोग गरिएको हुन्छ जस्ले गर्दा अरु चाबी प्रयोग गर्न नसकिने हुनाले चोरीको डर कम हुन्छ ।
हर्नेटको कन्फीग्रेसन यस प्रकारको छन ।
६०० सिसि २५–३० किमि माइलेज १९ लिटरको ट्याकी त्यस मध्ये ४ लिटर रिजर्भ
लौ हई साथी हो तपाईलाई यो बाईक मन प¥यो कि परेन मन प¥यो भने अजै किनी हल्नुस र होन्डा हर्नेट चढेर धुमधामको घुमघाम गर्नुस । म चई गए बाईक हेर्न लाई ।
hApPy vAlEnTiNe d@y !14th February, 2010
My Favorite & Special Valentine Love Story !
'१६ जुलाई,' मैले भेट्ने दिन प्रस्ताव गरेँ।
'किन?' उसले आश्चर्य मान्दै सोधी।
'मेरो जन्मदिन हो।'
'हो र? मेरो पनि त्यही दिन हो।'
दिन तय भइहाल्यो। हामीले ठाउँ रोज्यौं, द्वारिकाज होटल। हाम्रो फर्स्ट डेट त्यही हो। निकै बेर गफियौं हामी। व्यस्त राजनीतिक दैनिकीबाट टाढा उनको सम्मुख बस्दा मैले आफूलाई नयाँ रूपमा पाएँ। सडकको नाराबाजी र ताता राजनीतिक बहसबाट फुत्किएर एउटा स्वर्णिम घडीमा आइपुगेको महसुस भयो। लाग्यो, मैले यस्तरी आफ्ना लागि समय नदिएको निकै भइसकेछ।
'ढिलो भयो, अब जाऊँ,' उनले नाडी घडी हेर्दै यसो भनेपछि म झल्यास्सँ भएँ।
मेरा आँखा पनि घडीतिर गए, 'म तिमीलाई पुर्याइदिन्छु।'
मैले वेटरसँग बिल मगाएँ। मलाई लाग्यो बिल अञ्जनाले तिर्लिन्। द्वारिकाज होटलमा खाने-ख्वाउने मेरो क्षमता थिएन। उनलाई पनि लागेछ, यस्तो मौकामा केटाले नै बिल तिर्छन्। हाम्रो अन्यौलले त्यो बिल झन्डै एक घन्टा बेवारिसे रह्यो।
अति भएपछि मैले कुरो मिलाउँदै बिल हेरेँ। चार हजार रुपैयाँ पुगेको रहेछ। मसँग खल्तीमा दुई हजारमात्र थियो। लाज मानेर समाधान निस्कने गुञ्जायस थिएन। मैले सोधेँ, 'मसँग दुई हजार छ, तिमीसँग छ बाँकी?'
उनीसँग संयोगले दुई हजारै रहेछ। हामी बिल तिरेर निस्क्यौं। त्यतिखेर कसैले कसैलाई केही भनिएन। एकअर्कासँग खुलिसकेपछि भने हामी घरिघरि त्यही दिन सम्झन्छौं। उनी सोध्छिन्, 'त्यो दिन तिमीले पैसा नभएर नतिरेको हो?'
'हो,' म हाँस्दै जवाफ दिन्छु। उनी उज्यालो अनुहार पार्दै खित्खिताउँछिन्।
विस्तृत
भियाग्रा र घाम उस्तै !6th February, 2010 माघ २२ -
कुनै पनि व्यक्तिको 'सेक्स ड्राइभ' राम्रो बनाउन भियाग्रा र धाम दुवै बराबरी क्षमताका हुन्छन् । एक नयाँ अध्ययनअनुसार सेक्स पावर बढाउन भियाग्राले जति महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ घामका किरणमा सेकिँदा त्यति नै शक्ति प्राप्त हुन्छ ।
Source : Kantipuronline
अस्टि्रयाको ग्रेजमास्थित मेडिकल युनिभर्सिटीमा हालै गरिएको अनुसन्धानअनुसार भिटामिन डीको मात्रा बढीभन्दा बढी लिइयो भने महिलामा सेक्स ड्राइभका लागि जिम्मेवार मानिने टेस्टोस्टेरोन हार्मोन बहाव वृद्घ िहुन्छ । भिटामिन डी घामका किरणबाट प्राप्त हुन्छ । माछा, मासुमा समेत यो पाइन्छ ।
अध्ययनमा के पाइयो भने, जो व्यक्तिको रगतमा प्रतिमिलिलिटर भिटामिन 'डी' को मात्रा बढी हुन्छ, त्यसमा पुरुष सेक्सुअल हार्मोनको स्तर पनि माथि पाइयो । अक्टुबरदेखि मार्च महिनासम्म चिसो रहन्छ र यस अवधिमा रगतमा भिटामिन डीको मात्रालगायत हार्मोनको स्तरसमेत अपेक्षाकृत कम थियो । अध्ययनअनुसार रगतमा भिटामिन डीको मात्रा पूर्ण रहने पुरुषको हार्मोनको स्तरसमेत अन्यको तुलनामा राम्रो पाइयो । एक घन्टा घाममा सेकिँदा टेस्टोरोनको स्तरमा ६९ प्रतिशतसम्म वृद्घ िहुन्छ, जसले सेक्स ड्राइभ स्वतः बढ्छ |
Mah Very- Very Best & Favorite Picture !3rd February, 2010 मेरो अहिले सम्मकै सबै भन्दा मन पर्ने र उतकृष्ट फोटो हुन यि फोटोहरु । यी फोटो हरु पप महानयाक स्व. माईकल ज्याकसनको छोरा छोराी हरुको हुन । छोरी पेरीस, छोरा प्रिन्स माईकल र प्रिन्स माईकल II.
ग्रेमी एवार्ड २०१० मा माईकल ज्याकसनलाइ दिएको लाईफटाईम एचिभमेन्ट लिँदा माईकल ज्याकसनको छोरा छोरीले दिएको स्पीच एकदम मुटु छुने खालको थियो । जुन स्पीचमा छोरी पेरीस ले We love you Dad भनेर आफ्नो पिता माईकल ज्याकसनलाई सम्बोधन गर्द सारा दुनिय भावबिहाल भएको थियो ।
माईकल ज्याकसनको छोरा छोरी ले ग्रेमी एवार्ड मा दिएको स्पीच यस प्रकारको थियो । Paris, 11, said: “Daddy was supposed to be here. Daddy was going to perform this year. He couldn’t perform last year. Thank you. We love you Daddy.”
Prince, 12, said he and Paris would “continue to spread his message”. “We would also like to thank the fans – our father loved you so much because you were always there for him. Our father was always concerned about the planet and humanity. Through all his hard work and dedication he has helped donate to many charities." वेपत्ता युवकको घरमा गिद्धको अनौठो चर्तिकला31st January, 2010 पश्चिम पाल्पाको खस्यौली गाविस २ देवलडाडाका एक युवक ८ दिन देखि वेपत्ता भएका छन् । वेपत्ता ३१ वर्षीय युवक घनबहादुर रुचालको प्रहरी र स्थानीय बासिन्दाले खोजी कार्य गरीरहेका बेला शनिवार साँझ भने सोहि घरमा अनौठौ घटना भएको छ ।
वेपत्ता छोरा र श्रीमान् आउलान् भनि आस गरेर बसेका बेला लोपोन्मुख गिद्धले अनौठौ क्रियाकलाप गरेपछि यस भेगका मानिसहरुलाई नै चकित तुल्याएको छ । मांसाहारी पंन्छि गिद्धको अनौठौ क्रियाकलाप हेर्न शनिवार साझ देखि रातभर नै यहा भिड लागेको छ । भिड आइतवार विहानसम्म पनि जारी छ ।
पाल्पाको सदरमुकाम तानसेन देखि १२ किलोमिटर पश्चिममा भएको यो अनौठौ प्रकृतिको घटना हेर्न राति नै जिल्ला जिल्ला बाहिरबाट मानिसहरुको घुईचो लागेको छ । प्रहरीले सुरक्षा दिई व्यवस्थित पार्नु परेको स्थानीय चिरन्जीवी अमात्यले बताए । माघ ९ गते देखि रुचाल घरबाट वेपत्ता छन ् । स्थानीय बासिन्दाले कतै गएकोहोला आउला भनी दुई चार दिन विताएपनि कहि कतैवाट उपाय नलाएपछि शनिवार ५० जना भन्दा बढी भेला भएर खोजी कार्यमा जुटेका थिए । १५ जना जति घरमै भएका बेला अचानक ठूलो आवाजमा मान्छेकै भीडमा ठूलो गिद्ध बस्न आएको वेपत्ता रुचालका काका जगतबहादुरले बताए । उनका अनुसार मान्छेकै बीचमा आएर अचानक गिद्ध बसेपछि सबैमा त्रासको वातावरण छायो । हेर्दा हेदै गिद्ध बाटैबाट घरमा र घरको गोठ तीर गयो र वेपत्ता रुचालको श्रीमती २७ वर्षीया विमलाको ओढ्ने पछ्यौरा र वेपत्ता भएका घनबहादुरको जुत्ता चप्पललाई मात्र तान्ने, ठुङ्ग्ने गर्न थालेपछि अनौठो क्रियाकलाप भएको महसुश भएको अर्का काका पर्ने केशर बहादुर रुचालले बताए । मांसाहारी गिद्धले भान्सामा गएर कसौडीको चामलको भात खाएपछि यहा सबैले अनौठौ मानेका छन् । Source : Kantipuronline
wOmEn aRe vErY dIfFcUlT tO uNdErsTaNd ..... wHy
20th January, 2010
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||
The last comments on this page:
|
|
|
QATAR
NEPAL ![]() |